जनता टाइम्स

१७ भाद्र २०७८, बिहीबार १६:४९

प्रदेश २ का दुई सांसदले छाडे माधवको साथ


काठमाडौं, १७ भदौ । प्रदेश २ का सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले माधव नेपालको साथ छाड्नु भएको छ । पर्साको वीरगञ्जमा आज भएको नेकपा एमालेको प्रदेश कमिटी बैठकमा विश्वकर्मा र गुरुङ सहभागी हुनुभएको छ । एमालेका नेता एवं सांसद सत्यनारायण मण्डलले भन्नुभयो, ‘कमरेड सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ हामीसँगै हुनुहुन्छ ।’ एमालेका २१ सांसदमध्ये ११ सांसदले आज प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । सनाखत गर्ने क्रममा सांसद शत्रुधन महतोले विश्वकर्मा र गुरुङ काठमाडौंमा रहेको एक स्रोतले बतायो । सांसद विश्वकर्माको मोबाइल अफ छ भने सांसद गुरुङले फोन रिसिभ गर्नुभएको छैन ।