काठमाडौं, भदौ २१ । वंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र स्थानीय वायुको मिश्रण हुँदा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यरातदेखि भारी वर्षा भइरहेको छ । जसका कारण यो क्षेत्रका सबै साना ठूला खोला तथा नदीहरुमा बाढी आइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनप्रसाद अर्यालका अनुसार राती २ बजेदेखि मेघ गर्जनसहित भएको भारी वर्षा अझै रोकिएको छैन । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । राती २ बजेदेखि काठमाडौं आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ,’ वर्षा मापन केन्द्रमा रातीदेखि अहिले ७ बजेसम्म १ सय ५ मिलिलिटर वर्षा भएको छ । बुढानीलकण्ठ, भक्तपुर, बबरमहल केन्द्रमा पनि १ सय मिलिलिटरभन्दा बढी वर्षा भएको छ ।’
अघिल्लो साता झरीपछि चार दिनदेखि मौसममा सुधार भएको थियो । चर्को घामका कारण स्थानीय वायु सक्रिय भएको र बंगालको खाडीबाट उत्तर पश्चिम क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण नेपालतर्फ आएको जलवास्पयुक्त हावाका कारण वागमती प्रदेशका क्षेत्रहरुमा भारी वर्षा भएको अर्यालले जानकारी दिनुभयो ।भारी वर्षाका कारण काठमाडौं उपत्यकाको वागमती, विष्णुमती लगायतका ठूला नदीहरुमा भीषण बाढी आएको छ । धोवीखोलामा पनि पानीको सतह बढेर सडकसम्म आएको छ । काभ्रेको मुख्य बजार बनेपाल पूर्ण रुपमा जलमग्न बनेको छ ।प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सजग रहन भनेको छ ।













प्रतिक्रिया दिनुहोस्