काठमाडौं, भदौ २२ । तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेलले नेकपा (एस) का पक्षमा गरेको सनाखत फिर्ता लिनुभएको छ । सनाखत गर्ने अन्तिम समय सकिनै लाग्दा मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेर उहाँले सनाखत फिर्ता लिनुभएको हो । डोटेलसहित शंखरापुर नगरपालिकाका दुई वडासदस्य र तारकेश्वरका एक वडा सदस्यले सनाखत फिर्ता लिनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालयमा पुगेर भाद्र २१ र २२ गते सनाखत फिर्ता लिनेमा तारकेश्वर नगर पालिका उप्रमुख भवानी डोटेल, तारकेश्वर नगरपालिका वडा नं ५ की सदस्य रमा कुमारी दाहाल , शंखरापुर नगरपालिकाका कार्यपालिका सदस्य अनिल परियार र वडा नं १ की सदस्य तिल कुमारी दमाई रहेका छन।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौंं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई,जिल्ला कमिटीका सचिव तथा प्रदेस सभा सदस्य दीपक निरौला , प्रदेस सभा सदस्य गणेश दुलाल सहितको उपस्थितिमा जिल्ला निर्वाचन कार्यालय अनामनगर पुगेर तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल सहितका जनप्रतिनिधिले सनाखत फिर्ता गर्नका लागि निवेदन दिनुभएको हो ।














प्रतिक्रिया दिनुहोस्