जनता टाइम्स

४ असार २०७६, बुधबार १७:२३

सुनकाण्डको मुद्धा फैसलामा जोडिएका ३ न्यायाधिशलाई सोधियो स्पष्टिकरण


काठमाडौं ।

३८ सय किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा न्यायपरिषदले ३ न्यायाधीशलाई स्पष्टिकरण सोधेको छ । न्याय परिषद ऐन विपरीतको कार्यमा संलग्न भएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यद्यपी मुख्य न्यायाधिश कुलरत्न भुर्तेलसहित ५ न्यायाधिशले भने सफाई पाएका छन् ।

परिषदले मुख्य न्यायाधीश भुर्तेल, न्यायधीशहरू सारगा सुवेदी, जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्र लाभ कर्णको उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो । परिषदका एक सदस्यका अनुसार उनीहरुको संलग्नता पुष्टि हुन नसकेकाले र पौडेल र कर्णले अवकाश पाएकाले उजुरी तामेलीमा राखिएको हो। परिषदले न्यायाधीशद्वय थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई गम्भीर प्रकृतिको संलग्न देखिएको भन्दै ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।