काठमाडौं, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता मिलेनिय च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) पारित गर्ने बताउनु भएको छ । नेपाल भ्रमणमा रहेको अमेरिकी अनुदान सम्झौता एमसीसीको टोलीसँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिनुभएको हो ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमसीसीबारे छलफल गरेको थियो।छलफलमा प्रधानमन्त्री देउवाले सहमतिका साथ एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको बताउनु भयो । भेटमा सहभागि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको कुरामा आफूहरु ढुक्क रहेको धारणासमेत राख्नुभएको छ ।
भेटपछि ट्वीट गर्दै प्रधानमन्त्री देउवाले सुमारसँगको भेटमा एमसीसी सम्झौता लगायत नेपाल र अमेरिकाबीचको द्धिपक्षीय साझेदारीबारे छलफल भएको जनाउनुभएको छ । एमसीसी सम्झौताको कार्यान्वयनबाट नेपालको सम्भावित आर्थिक सम्भाव्यताबारे समेत छलफल भएको देउवाले जनाउनुभएको हो । एमसीसी उपाध्यक्षलाई भेट्न पाउँदा आफू खुसी भएको पनि प्रधानमन्त्री देउवाले बताउनु भएको छ ।
सत्तारुढ गठबन्धनका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादवले पनि राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने जानकारी टोलीलाई दिनुएको छ । प्रधानमन्त्री देउवाले बाहिर आएजस्तो सत्तारुढ गठबन्धनका नेताहरु एमसीसीको बिपक्षमा नरहेको तर आफूले बिगतमा बिरोध गरेको कारण बिरोधी देखाउने नाटक गरेकोतथ्यसमेत फतिमासामू खोलिदिनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्