काठमाडौं, २७ भदौ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले मिनिलियम च्यालेन्स कर्पोरेशन (एमसिसी) बारे अहिले कुनै धारणा नबनाएको प्रष्ट पार्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ दलहरूले धारणा बनाएपछि मात्रै एमालेले धारणा बनाउने जनाउ पनि दिनुभयो ।
‘हाम्रो पार्टीले अहिले एमसिसीको बारेमा कुनै धारणा बनाएको छैन । सरकारले एमसिसी ल्याउन खोजेको हो कि होइन ? एमसिसीबारे सत्तासिन दलको धारणा के छ भन्नेमा हामी बेखबर छौं । हाम्रो भूमिका प्रतिपक्षी दलको हो,’ भट्टराईले भन्नुभयो । उहाँले नेता भट्टराईले एमसिसी पारित गराउन सरकारलाई आफूहरूको आवश्यक्ता नै नपर्ने तथ्य पनि राख्नुभयो । एमसिसीबारे एमालेको अहिले पोजिसन तय नभएको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्