बुटवल, २८ भदौ । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाका सभामुख नबनेर प्रचण्ड , माधव नेपाल, शेरबहादुरको मतियार बनेको बताउनुभएको छ । बुटवलमा राष्ट्रिय युवा संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सभामुख निस्पक्ष बन्न नसक्दा समस्या आएको बताउनुभयो ।
बस्नेतले सबैको पक्षमा रहनुपर्ने सभामुख प्रचण्ड, माधव नेपाल र शेरबहादुरको मतियार बनेको आरोप लगाउनुभएको हो । ‘पार्टीको ह्वीप उल्लंघन गरेको कारण पार्टीले कारवाही गरेका नेताहरूलाई पदमुक्त नगरेर सभामुख आफ्नो पार्टी फोड्ने मतियार बने’, बस्नेतले भन्नुभो, ‘उनी निस्पक्ष बन्न सकेनन् ।’ नेता बस्नेतले देउवा सरकारले संसदलाई कुनै विजनेश दिन नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभो सरकारले कानुन बनाउन सक्दैन र संसदलाई बिजनेश पनि दिन सक्दैन ।’ बस्नेतले प्रचण्ड र माधव नेपालको महत्वकांक्षाले पार्टी एकता नटिकेको दावी गर्नुभयो । प्रचण्ड मर्ने बेलामा एक्लो बन्ने निश्चित भएको दाबी गर्नुभयो ।
उहाँले दलीय व्यवस्था नै खतम पार्ने गरी अदालतको काइते फैसला गरेकाले अस्थिरता र द्वन्द्व जन्मिएको बताउनुभयो । नेता बस्नेतले आगामी चुनावमा एमालेको बहुमत आउने समेत दावी गर्नुभयो । कांग्रेस प्रतिपक्षमै आउने उहाँले ठोकुवा गर्नुभयो । एमाले सांसद समेत रहेका बस्नेतले सरकारले ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक गैरकानुनी रहेको बताउनुभयो । ‘जनयुद्धकालमा कमाएका सम्पत्तिलाई वैधानिकता प्रदान गर्न प्रतिस्थापन बिधेयक आएको हो ?’, उहाले अर्थमन्त्रीलाई प्रश्न समेत गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्