काठमाडौं, भअसोज १ । एमाले नेता शंकर पोखरेलले देउवा सरकारले जानाजान बजेट संकट निम्त्याएको तथ्य राख्नुभएको छ । एमाले स्थायी कमिटी सदस्य पोखरेलले प्रतिपक्षको अवरोधबीच संसद चलाउने सभामुख र बिद्येयक टेवल गर्ने काम भएपनि सरकारले जानाजान बजेट संकट निम्त्याएको बताउनु भएको हो ।
‘प्रतिपक्षको अवरोधका विच संसद चलाउने सभामुख र उछलकुद गर्दै विधेयक टेवल गर्नपुग्ने सरकारले बजेटको संकट चै किन निम्त्याएका होलान् ?,’ पोखरेलले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ । सर्वाेच्चको परमादेश धाराबाट प्रधानमन्त्री नियुक्त हुनुभएका शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनासम्म कुनै काम नगरी अन्तिम समयमा प्रतिपक्षको अवरोधबीच बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने बिद्येयक पेश गरेको थियो ।
दुई महिनासम्म चुप लागेर सरकारले मुलुकमा आर्थिक सट डाउन गराउनकैलागि अन्तिम समयमा बिद्येयक ल्याएको चर्चाबीच एमाले नेता पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो । यसअघि पोखरेलले स्वार्थमा लिप्त हुँदा सरकारले ‘बजेट होलिडे’को संकट निम्तिएको होस समेत नभएको बताउनु भएको थियो । उहाँले भएनभन्नुभएको थियो, ‘परमादेशी गठवन्धन सरकार सत्तास्वार्थमा यति लिप्त भयो कि मुलुकमा ‘बजेट होलिडे’को संकट निम्तिएको होस् समेत भएन ।’













प्रतिक्रिया दिनुहोस्