जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १०:४५

देउवाले पनि संसद विघटन गरेर चुनाव घोषणा गर्दैछन् – नेता भट्ट


कैलाली, असोज ३ । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा संसद विघटन गर्ने मनसायमा पुगेको दावी गनुभएको छ । अखिल नेपाल किसान महासंघले कैलालीको घोडाघोडीमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा भट्टले संसद विघटन गरेर देउवा निर्वाचनमा जाने तयारीमा रहेको बताउनुभएको हो । ‘संसद विघटन गरेर निर्वाचन घोषणा गर्ने तयारी भइरहेको छ’, उहाँले भन्नुभयो ‘यो कुरा बाहिर नल्याइएको मात्रै हो ।’
भट्टले वर्तमान गठबन्धन धेरै समय नटिक्ने समेत दावी गर्नुभयो । एमसीसीका कारण गठबन्धन धरापमा रहेको उहाँको भनाइ छ । ‘एमसीसीकै कारण यो गठबन्धन फुट्दै छ’, उउहाँले भन्नुभयो, ‘त्यसकै कारण मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन । उहाँले माधव नेपाल केन्द्रमा राखेर गरिएको १० बुँदे सम्झौता हुबहु कार्यान्वयन नहुने पनि बताउनुभयो। ‘अहिले एमालेको लागि जेठ २ पनि आवश्यक हो र त्यसपछिपछिको पनि । त्यस्तै फागुन २७ पनि आवश्यक छ’, उहाँले भन्नुभयो । उहाँले अबको निर्वाचनपछि एमाले फेरि ठूलो दल बन्ने दावी गरे ।