जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १६:३०

पहिरोले घर पुर्दा काठमाडौंमै एकै परिवारका तीन जनाको मृत्यु, ११ पुग्यो वर्षाबाट ज्यान गुमाउनेको संख्या


काठमाडौं, असार २६

अविरल वर्षाका कारण काठमाडौंको मुलपानिमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि परेको पनिको कारण मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । अहिले स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम प्रहरीले जनाएको छ । काठमाडौंमै तीन जनाको मृत्यु भएसँगै पहिरोले बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ११ पुगको छ ।