जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार १०:१९

पूर्वउपप्रधानमन्त्रीका पीए पक्राउ, यस्तो छ अभियोग


काठमाडौं, असोज २२ । पत्नीले नै गम्भीर अभियोगसहित प्रहरीमा उजुरी दिएपछि पूर्वउपप्रधानमन्त्रीका निजी सचिव (पिए) पक्राउ परेका छन । जनता समाजवादी पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवका निजी सचिव महेशकुमार तमौली (महेश चौरसिया) लाई प्रहरीले पत्नीको किटानी जाहेरीको आधारमा पक्राउ गरेको हो । चौरसियाबिरुद्ध उनकै पत्नीले विद्युतीय अपराध (साइबर अपराध) को उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पत्नीले आफूबिरुद्ध गम्भीर अपराध गरेको भन्दै उजुरी दिएपछि काठमाडौं प्रहरी परिसरले चौरसियालाई असोज ८ मा नियन्त्रणमा लिएको हो । उनलाई सुरुमा ५ दिन म्याद थप गरिएको थियो । असोज १२ मा पुनः १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । राठौरका अनुसार चौरसियाले श्रीमतीलाई धम्कीपूर्ण र गालीगलौजयुक्त म्यासेज पठाएको र सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो ।

पत्नीले आफूबिरुद्ध गम्भीर अपराध गरेको भन्दै उजुरी दिएपछि काठमाडौं प्रहरी परिसरले चौरसियालाई असोज ८ मा नियन्त्रणमा लिएको हो । उनलाई सुरुमा ५ दिन म्याद थप गरिएको थियो । असोज १२ मा पुनः १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ

उनका बिरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको छ । विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई विद्युतीय अपराध (साइबर अपराध) मानिन्छ । कम्प्युटरलाई माध्यम बनाएर वा अर्काको कम्प्युटरलाई लक्ष्य बनाएर कानुनले निषेध गरेको क्रियाकलाप गर्नुलाई साइबर अपराध भनिन्छ । एसपी राठौरका अनुसार चौरसियाले श्रीमतीलाई फेसबुक र म्यासेन्जरमा गालीगलौज र धम्की दिएको देखिएको छ । बाँके प्रहरीमा उजुरी परेको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।