जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार ११:४१

देउवाले लिए पत्नीले चुनाव हारेको बदला : संविधानसभा सदस्यकै क्रियाशील सदस्यता भएन नवीकरण



काठमाडौं, १४ असोज । धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट २०७० सालमा कांग्रेसबाट संविधानसभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ ।ओझा क्रियाशील सदस्य रहेको कैलाली–५ ‘ख’ अन्तर्गत धनगढी–५ बाट कांग्रेसले ३३३ जना क्रियाशील सदस्यको नामवली सार्वजनिक गरेको छ ।

तर, उक्त सूचीमा अ‍ोझाको नाम भने छैन ।२०७४ सालमा सम्पन्न आम निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई कांग्रेसले कारबाही गरेको थियो । कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा देउवा कैलाली–५ बाट संघीय सांसदका लागि चुनावमा उठनुभएको थियो ।

उहा एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित हुनुभएको थियो । निर्वाचनमा अन्तरघात गरेको आरोपमा ओझासँगै कारबाहीमा परेका अन्य व्यक्तिको भने क्रियाशील सदस्यता नवीकरण भएको कांग्रेस सचिव पूर्ण कुँवरले बताउनुभयो । ‘ओझासँगै कारबाहीमा परेका अन्य केही व्यक्तिको क्रियाशील सदस्यता नवीकरण भएर आएको देखिएको छ,’ उहाँले भन्नुभयो , ‘पुष्करनाथ ओझाको सदस्यता भने नवीकरण भएको छैन ।’