महिनावारी हुनुअघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ सेक्स पिरियड’ भनेर मानेका छन। आज हामीले चिकित्सकहरुको अध्ययन र निश्कर्षका आधारमा यस बिषयलाई चर्चा गरेका छौं ।
१. महिनावारी भएको पहिलो सात दिन स् महिनावारी भएको पहिलो सात दिन सुरक्षीत पिरियड हो । तर यो बेला महिला शारीरिक र मानसिक रुपले पनि यौनसम्पर्क गर्नु राम्रो मानिदैन । त्यसैले यो बेलामा यौनसम्पर्क नगरेको राम्रो हुन्छ।
२. महिनावारी पछि आठौँ, नवौँ र दशौँ दिन साधनविनै गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । अनुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौनसम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताएका छन ।
३। महिनावारी भएको ११ देखि १६ दिन स् साधनविना गरिने यो बेलाको यौ(नसम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौनसम्पर्कले गर्भरहने सम्भावना ८० प्रतिशत सम्म रहने बताउछन् ।
४. १७ देखि १९ दिन ः साधनविना गरिने यौनसम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउछन् ।
५. २० देखि महिनावारी नहुँदासम्मको दिन ः यसबेला साधनविना गरिने यौनसम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले यतिवेला साधनविना गरिने यौनसम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।
विभिन्न अनुसन्धानले सुरक्षित र असुरक्षित समय र दिन तोके पनि सबैमा यो नियम लागू नहुन सक्न । सून्य देखि ५ प्रतिशत सम्भावना जहिले पनि रहिरहन्छ । त्यसैले परिवार नियोजनको भरपर्दो साधन अपनाउनु सबैभन्दा भरपर्दो हुन्छ । अर्को कुरा सेफ सेक्स भनेको गर्भ नरहने समयलाई संकेत गरिएको हो । यसले एचआइभी एड्स तथा अन्य यौ नरोगको सम्भावनालाई रोक्न सक्दैन ।













प्रतिक्रिया दिनुहोस्