काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी हुनुभएको छ । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित हुनुभएको हो ।
सभापति शेरबहादुर देउवानिकट दाहाल एक सय ५१ मत पाएर विजयी हुनुभएको छ । उहाँका प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले एक सय ३८ मत पाउनुभयो ।
यस्तै तारकेश्वर नगर समिति सभापतिमा कृष्णहरी महर्जन विजयी हुनुभएको छ । महर्जन कांग्रेस नेता भीमसेन दास प्रधान निकट हुनुहुनछ । शनिबार भएको नगर अधिवेशनमा सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो । महर्जन १३५ मतसहित सभापति पदमा विजयी हुँदा प्रतिस्पर्धी श्रीराम थापाले ११४ मत पाउनुभयो । थापा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुनुहुनछ । सभापतिका अर्का प्रत्यासी मुकुन्द तिमिल्सिनाले जम्मा २ मत पाउनुभयो ।
उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी हुनुभएको छ । तिमिल्सिनाले १२३ मत र अर्यालले १२५ मत पाउनुभयो ।
काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको थिए ।
काठमाडौं महानगरमा अहिले बिहान ९ बजेदेखि मतदान सुरू भएको छ । ११ वटा पालिका रहेको काठमाडौंमा दक्षिणकालीमा वडा नम्बर २ को वडा अधिवेशन बाँकी रहेकाले पालिका अधिवेशन सुरु हुन सकेको छैन । कीर्तिपुरमा सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्