जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार २३:११

व्यास गाउँपालिका–५ का वडाअध्यक्ष मंगलसिह धामी काँग्रेस परित्याग गरि एमाले प्रवेश


काठमाडौं, १७ असोज ।  व्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोटका वडाअध्यक्ष एबं नेपाली काँग्रेसका नेता मंगलसिह धामी नेकपा एमाले प्रवेश गर्नुभएको छ । काठमाण्डौँमा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी सर्मा ओलीले टिका लगाएर वडाअध्यक्ष धामीलाई एमालेमा स्वागत गरेको नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो ।

एमालेको प्रथम विधान महाधिवेसनको अवसरमा आयोजित कार्यक्रममा दार्चुलाबाट धामीसहित देशभरका दर्जनौँ कार्यकर्ता एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो । एमाले प्रवेश गरेका वडाअध्यक्ष धामी नेपाली कांग्रेशको पालिका अधिवेसनमा पालिका सभापतीको उम्मेदबार समेत हुनुभएको थियो । काँग्रेस पार्टीले कार्यकर्ताको उचित मूल्याङकन नगरेको तथा एमालेले गरेको विकास र विचार मनपराएर आफुले एमाले प्रवेश गरेको वडाअध्यक्ष धामीले बताउनुभयो । केहि दिनभित्रै दार्चुलाका दर्जनौँ जनप्रतिनिधि, नेता, कार्यकर्ता एमाले प्रवेश गर्ने तयारी भइरहेको एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले दाबी गर्नुभएको छ ।