सुर्खेत, असोज २६ । नेकपा माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटी सदस्य मोहन सुनारसहित दर्जनौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले वीरेन्द्रनगर नगरपालिका २ नम्बर वडा कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा माओवादी केन्द्रका नेताहरु एमाले प्रवेश गर्नुभएको हो ।
कार्यक्रममा सुनारसँगै माओवादी केन्द्रबाट उपत्यका खानेपानी संस्थाको स्किम नं ७ का निर्वाचित सचिव चन्द्रपसाद न्यौपाने, हरिकला चपाई, पवित्रा चपाई, अम्विका आचार्य, भवानी पौडेल, नेपाली कांग्रेसका क्रियाशील सदस्य लक्ष्मीप्रसाद लामिछाने र लक्ष्मीप्रसाद सापकोटालगायतका नेताहरु आफ्नो समर्थकसहित एमालेमा प्रवेश गर्नुभयो ।
नवप्रवेशीलाई एमाले अनुशासन आयोगका सदस्य बालाराम शर्माले स्वागत गर्नुभयो । नव प्रवेशी सुनारले माओवादीले सुकुम्बासी र गरिव जनताको एजेन्डा छाडेर वर्ग शत्रु मान्दै आएको कांग्रेसको पछि लागेकोले आफू सो पार्टी छाडेको बताउनु भयो । उहाँले माओवादी केन्द्र र प्रचण्डबाट अव जनता र देशको हित नहुने निश्कर्षमा आफूहरु पुगेकोले मुलकको समृद्धि र बिकाशमा योगदान गर्न एमाले रोजेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्