जनता टाइम्स

२६ आश्विन २०७८, मंगलवार २०:१८

देउवा सरकार लुटनकै लागि बनेको सरकार हो भन्ने पुष्टि भइसक्यो : शंकर पोखरेल (भिडियोसहित)


दाङ, असोज २६ । एमाले नेता शंकर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकार लुटनका लागि बनेको तथ्य केही समयभित्रै स्थापित हुने ठोकुवा गर्नुभएको छ ।

नेकपा एमाले तुल्सीपुको चार ओटा वडा कमिटीले आज आयोजना गरेको दशैँको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य पोखरेलले तीन महिनामै बर्तमान सरकार गठनको पर्दा च्यातिएको र देशको ढुकुटी लुटनकै लागि गठन भएको तथ्य स्थापित हुन लागेको बताउनु भयो । पोखरेलका अनुसार देउवा सरकारले बिगतमा लडाकूको रकम नेताहरुले लुटेजस्तै लुटनका लागि दशैंमा गरीव परिवारलाई १० हजार दिने घोषणा गरेको बताउनु भयो ।

‘गठबन्धन किन बन्यो ? अदालतको फैसला कसरी आयो भन्ने कुरा स्थापित भइसकेको छ, प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाउने घटनापछि थप बोल्नै पर्दैन,’ पोखरेलले भन्नुभयो, ‘१० हजार पैसा लडाकूको रकम नेताले लुटे जस्तै लुटनका लागि दशैंमा १० हजार दिने भनेका हुन । यो सरकार भनेको लुटन बनेको सरकार हो भन्ने पुष्टि गर्नेछन आफैले ।’ पोखरेलले एमाले नेतृत्वको संघीय सरकार र प्रदेश सरकारले थुप्रै काम गरेको फेहरिस्त राख्दै ती कामलाई जनताको बीचमा पुर्याउन सुझावसमेत दिनुभयो ।