बाँके, कात्तिक ७ । नेकपा एमाले बाँकेको वडा अधिवेशन शनिबार सफलता पुर्वक सम्पन्न भएको छ । बाँकेका ८१ वटै वडाहरुको अधिवेशन सफलता पुर्वक सम्पन्न भएको जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो । एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रियामा अदालतले पुनः छुट्टयाईदिएपछि पछिल्लो समय नेतृत्व चयन हुन नसक्दा एमालेका कार्यकर्ताहरुमा एकप्रकारको अन्यौलता छाएको थियो ।
तर, जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडाहरुमा शनिबार सम्पन्न वडा अधिवेशनमा सर्बसम्मत ढंगले नेतृत्व चयन भएपछि पार्टीमा नयाँ उर्जा थपिएको जिल्ला अध्यक्ष गुरुङ्गले बताउनुभयो । अधिवेशनबाट निर्वाचित भएर आएका वडाका समितिहरुले पार्टी र जनताको हितार्थ काम गर्ने भएको बताउँदै अध्यक्ष गुरुङले वडा अधिवेशन सकिएसंगै बाँकेमा नेकपा एमालेले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो । यस्तै कोहलपपुर नगरपालिकाका १५ वटै वडामा नया नेतृत्व आएका छन् ।
वडा नं.१ मा अमर लामिछानेको नेतृत्वमा ३० सदस्य वडा कार्यसमिति,वडा नं. २मा प्रेम पुलामी थापाको नेतृत्वमा २९ सदस्य वडा कार्यसमिति, वडा नं. ३मा छविलाल आचार्यका नेतृत्वमा ३१ सदस्य वडा कार्यसमिति, वडा नं.४मा सफि मोहमत गुजरको नेतृत्वमा १७ सदस्यवडा कार्यसमिति, वडा नं. ५मा दिपेन्द्र श्रेष्ठको नेतृत्वमा २५ सदस्य वडा कार्यसमिति, वडा नं.६मा नारायण पोख्रेलको को नेतृत्वमा २१ सदस्य वडा कार्यसमिति, वडा नं.७ मा ठग्गा थारुको नेतृत्वमा १७ सदस्य वडा कार्यसमिति, वडा नं.८मा पहलमान खड्काको नेतृत्वमा ३१ सदस्य वडा कार्यसमिति, वडा नं.९ मा नन्दराम थारुको नेतृत्वमा १५ सदस्य वडा कार्यसमिति, वडा नं.१० मा मकर रोकायाको नेतृत्वमा २१ सदस्य वडा कार्यसमिति, वडा नं.११ मा शालिक राम लम्सालको नेतृत्वमा ३१ सदस्य वडा कार्यसमिति, वडा नं. १२ मा प्रेम रानाको नेतृत्वमा १९ सदस्य वडा कार्यसमिति, वडा नं.१३ मा रुपसिंह डाँगीको नेतृत्वमा २० सदस्य वडा कार्यसमिति, वडा नं.१४ मा गोपाल गिरीको नेतृत्वमा २५ सदस्य वडा कार्यसमिति र वडा नं.१५मा घुका थारुको नेतृत्वमा २१ सदस्य वडा कार्यसमिति सर्वसम्मत नेतृत्व चयन भएको नेता खिल प्रसाद भुषालले जानकारी दिनुभयो ।
यस्तै ९ गते पालिकास्तरीय अधिवेशन हुने पनि जनाईएको छ । यस्तै बैजनाथ गाँउपालिकाको वार्ड नं १ क धनभक्त बुढा, २ मा शेर बहादुर बस्नेत, ३ मा काली बाहादुर सिंह, ४ मा राम बाहादुर बम, ५ मा चन्द्र बहादुर खड्का, ६ मा पुतली हमाल, ७ मा महेश थारु र ८ मा रूप लाल खत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्