काठमाडौं, कात्तिक ७ । बाबर आजम र मोहम्मद रिजवानको अर्धसतक तथा शाहिनी शाह अफ्रिदीको घातक बलिंगमा पाकिस्तानले पहिलो पटक बिश्वकपमा भारतलाई पराजीत गरेको छ ।
युएईमा जारी ट्वान्टी ट्वान्टी बिश्वकप क्रिकेटमा पाकिस्तानले आज भएको खेलमा भारतमाथि १० विकेटको सानदार जीत निकालेको हो । आजको खेलमा भारतबिरुद्ध जीतका लागि पाकले १५२ रनको लक्ष्य पाएको थियो । जवाफमा १७.५ ओभरमा बिना वीकेट पराजीत गरेको हो ।
टी ट्वान्टी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान यसअघि पाँचपटक भिडेका थिए । जसमा सबै खेल भारतले नै जितेको थियो । तर, आजको खेलमा पाकिस्तानले भारतमाथि १३ बल बाँकी छँदै १० विकेटको सानदार जित निकालेको हो । पाकिस्तानका मोहम्द रिजवन र बाबर आजमको अर्धशतकको सहयोगमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा पूरा गर्यो । ५५ बल खेलेका रिजवनले ६ चौका र ३ छक्काको मद्दतमा ७९ रन बनाए । त्यस्तै ५२ बल खेलेका आजमले ६ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले सात विकेटको क्षतिमा १५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ४९ बलमा ५७ रनको अर्धसतकीय पारी खेले । पावर प्लेमा तीन विकेट गुमाएर भारतले ३६ रनमात्र बनाउन सक्यो । भारतका लागि ऋशव पन्तले ३९ रन बनाउँदा रवीन्द्र जडेजा १३ तथा सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले समान ११-११ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका लागि साहिन आफ्रिदीले ३ विकेट लिए । त्यस्तै हस्सन अलीले २ विकेट लिँदा शादव खान र हरिस रफले समान एक-एक विकेट लिए । साहिन आफ्रिदी ुम्यान अफ दी म्याचुसमेत चुनिए । बलियो मानिएको भारतमाथि सहज जित निकालेको पाकिस्तानले जारी विश्वकपमा सुखद सुरुवात गरेको छ ।
प्रतिक्रिया दिनुहोस्