जनता टाइम्स

८ कार्तिक २०७८, सोमबार १८:००

नेपाल बारले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा


काठमाडौं, कात्तिक ८ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ ।

आज बसेको नेपाल बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै औचापरिक रुपमा राजीनामा मागेको हो । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भन्नुभयो ।

बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने श्रेष्ठको भनाई छ । बारले परमादेश जारी गर्ने चार न्यायाधीशको बिषयमा भने केही बोलेको छैन ।