काठमाडौं, कात्तिक ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नेपालका लागि पूर्वभारतीय राजदुत रञ्जीत रेसामू भारतले मिचेको नेपाली भूमि कालापानी लिपुलेक लिम्पियाधुरा, चुच्चे नक्सा र तुईन प्रकरणमा चुइक्क नबोली भारतको प्रसंशामा मात्रै समय खर्च गर्नुभएको छ ।
भारतका लागि कम्फर्टेवल सरकार गठनको योजनाकार मानिनु हुने प्रचण्डले आज आफ्नो सम्बोधनमा भारतले नेपालमाथि गरेको ज्याद्धतीलाई ढाकछोप गर्न शान्ति प्रकृयामा भारतको उल्लेखनीय भूमिका भन्दै उल्टै प्रशंसा गर्नुभएको हो । प्रचण्डले लामो भाषण गर्दा पनि भारतले मिचेको नेपाली भूमि कालापानी लिपुलेक लिम्पियाधुरा, नेपालले आफ्नो संविधान आफैं बनाउँदा भारतले लगाएको नाकाबन्दी, भारतले बुझ्न आनाकानी गरिरहेको इपीजी प्रतिवेदन, दार्चुलाका जयसिंह धामीको हत्या जस्ता विषयमा एक शब्द नबोल्नु भएको हो । उहाँले बरू चुच्चे नक्सा जारी गर्ने नायक एमाले अध्यक्ष केपी ओलीको भने आलोचना गर्न बॉकी राख्नुभएन ।
भारत भक्ति देखाउन उहाँले ओलीको आलोचना गर्नुभएको कार्यक्रममा सहभागीहरुले नै अनुभुति गरे । यस बिषयमा एमाले बिदेश बिभाग उपप्रमुख बिष्णु रिजालले कडा टिप्पणी गर्नुभएको छ । प्रचण्डको भारतप्रतिको भक्तिबारे रिजालले भन्नुभएको छ, ‘नेपालले नाकाबन्दी भोग्दाका राजदूत रेले आफ्नो मुलुकको कदमको पूरै बचाऊ गर्नुभएको छ । ठोस कुरामा प्रवेशै नगरी र तिनको समाधान नगरी नेपाल(भारतबीच सार्वभौमिक समानतामा आधारित, हार्दिक र सन्तुलित सम्बन्ध बनाउन सकिन्छ र ?’

यस्तो छ रिजालको टिप्पणी
आज नेपालका लागि भारतका पूर्वराजदूत रञ्तित रेद्वारा लिखित पुस्तक पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’को माथि होटल सोल्टीमा आयोजित अन्तर्क्रियामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ३६ मिनेट भाषण सुन्दा भारतले मिचेको नेपाली भूमि कालापानी लिपुलेक लिम्पियाधुरा, नेपालले आफ्नो संविधान आफैं बनाउँदा भारतले लगाएको नाकाबन्दी, भारतले बुझ्न आनाकानी गरिरहेको इपीजी प्रतिवेदन, दार्चुलाका जयसिंह धामीको हत्या जस्ता विषयमा एक शब्द पनि सुन्न पाइएन । बरू, नेकपा ९एमाले० का अध्यक्ष केपी ओलीको आलोचना गर्न बॉकी राख्नुभएन । जबकि, नेपालले नाकाबन्दी भोग्दाका राजदूत रेले आफ्नो मुलुकको कदमको पूरै बचाऊ गर्नुभएको छ । ठोस कुरामा प्रवेशै नगरी र तिनको समाधान नगरी नेपाल(भारतबीच सार्वभौमिक समानतामा आधारित, हार्दिक र सन्तुलित सम्बन्ध बनाउन सकिन्छ र र?













प्रतिक्रिया दिनुहोस्