जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार २०:२६

इलामको रोङ गाउँ कमिटीमा आले बने एमाले अध्यक्ष


इलाम, कात्तिक ९ । नेकपा एमाले रोङ गाउँ कमिटीको अध्यक्षमा खड्ग आले निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रथम अधिवेशनले आलेको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सत्यम राई, सचिवमा उपेन्द्र न्यौपाने चयन हुनुभएको छ । यस्तै, सहसचिवमा सरन तामाङ र दुर्गा अधिकारी निर्वाचित भएका छन् । अधिवेशनले ४७ सदस्य कमिटी गठन भएको एमाले जिल्ला कमिटी सदस्य एवम् रोङ सह–इञ्चार्ज विष्णुमाया भुजेलले जानकारी दिनुभयो ।