जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १०:२५

एमाले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला चयन


काठमाडौं, कात्तिक १० । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन हुनुभएको छ । एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गर्नुभएको काठमाडौं महानगर अधिवेशनले अध्यक्षमा देउलालाई चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ । काठमाडौं महानगरको कमिटी १०१ सदस्सीय रहेको छ ।