जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १०:५७

अराजकता चिर्दै ओखलढुंगाको ८ वटै पालिकामा एमालेले छान्यो सर्वसम्मत नेतृत्व, यी हुन पदाधिकारी


ओखलढुंगा, कात्तिक ११ । नेकपा एमाले ओखलढुंगाले जिल्लाको आठवटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । प्रथम अधिवेशनबाट एक नगरपालिका र ७ गाउँपालिका रहेको ओखलढुंगाका वडादेखि पालिका तहसमम सर्वसम्मत नेतृत्व चयन भएको हो ।

जिल्ला अधिवेशनमा सर्वसममत नेतृत्व चयनका लागि केन्द्रीय सदस्य यज्ञराज सुनुवार, किशोर अधिकारी, प्रदेश सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला अध्यक्ष मोहन श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु नानीबाबु बुढाथोकी, बालकृष्ण ढुंगेल लगायतका नेताहरु सक्रिय हुनुभएको थियो ।

यी हुन सर्वसम्मत चयन भएका पालिका अध्यक्ष र सचिव

खिजिदेम्बा गाउँपालिका
अध्यक्षकोपबहादुर सुनुवार
सचिवतिलक सुनुवार
मोलुङ गाउँपालिका
अध्ययक्षसन्जय खत्री
सचिवमित्र सुनुवार
चिसंखुगढी गाउँपालिका
अध्यक्षजीवन थापा
सचिवउत्तमबहादुर राई
सिद्धिचरण नगरपालिका
अध्यक्षमोहन केसी
सचिवकृष्णबहादुर कार्की
माने भन्ज्याङ गाउँपालिका
अध्यक्षचित्र तामाङ
सचिवउमेश कार्की
सुनकोशी गाउँपालिका
अध्यक्षपञ्चवहादुर तामाङ
सचिवकिरणबहादुर मगर
चम्पादेवी गाउँपालिका
अध्यक्षखेम मिश्र
सचिवसुमन घिमिरे
लिखु गाउँपालिका
अध्यक्षराम कुमार अछामी मगर
सचिवरेशम बिष्ट