जनता टाइम्स

१२ कार्तिक २०७८, शुक्रबार १६:०७

आज ५४९ नयाँ संक्रमित, हालसम्म ११३८८ को मृत्यु


काठमाडौं, कात्तिक १२ । आज देशभर ५४९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ४९० र एन्टिजेन परीक्षणबाट ५९ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७ हजार १४५ नमुनाको पीसीआर परीक्षण र २ हजार ६०१ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जम्मा परीक्षण ९ हजार ७४६ गरिएको छ । ५६९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै आज ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २४८ छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ११ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार २१५ पुगेको छ । हालसम्म ७ लाख ९० हजार ३५८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३८८ पुगेको छ।