सुर्खेत, कात्तिक १५ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटी सदस्य एमालेमै फर्किनु भएको छ । नेपाल नतृत्वको समाजवादीले कर्णाली प्रदेश सदस्यमा राखेको बखतबहादुर खत्री एमालेमै फर्किएर काम अघि बढाउनु भएको हा ।
एमाले केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार नेता खत्री नेताहरुसँगको छलफलपछि पार्टीमै फर्कनुभएको हो । उहाँले प्रतिक्रियावादीका मतियार बनेर गएका बिभाजनकारीसँग सती जान नसकिने निश्कर्षसहित पार्टीको पूर्ववत जिम्मेवारी (जिल्ला कमिटी सुर्खेतको सचिवालय सदस्य) का रूपमा नेकपा एमालेमै सक्रिय हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्