खोटाङ , कात्तिक १६ । नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यसहित हलेसीतुवाचुङका सवै नेता कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन ।
माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवं हलेसीतुवाचुङ नगरपालिकाका सचिव कुमार बुढाथोकीको नेतृत्वमा सो नगरपालिकामा रहेका २४ जना माओवादी नेता कार्यकर्ता आज एमाले प्रवेश गर्नुभएको हो । समृद्ध नेपाल सुखी नेपालीको अवधारणासहित अघि बढेको नेकपाको निरन्तरता नेकपा एमाले नै रहेको भन्दै २४ जना नेताहरुले आज बिज्ञप्ती जारी गरी एमालेमा प्रवेश गरेको घोषणा गर्नुभएको हो ।
बिज्ञप्तीमा जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै आफूहरु एमालेमा समाहित भएको उल्लेख छ । उहाँहरुले एमालेले मात्रै मुलुकको हित गर्ने कुरा थापित भइसकेकोले नेकपा माओवादीमा बसेर आफ्नो र मुुलुकको भविश्य बर्वाद बनाउने गल्ती नगर्न सवैलाई अपिलसमेत गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्