खोटाङ, कात्तिक १६ । नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राई अस्पताल भर्ना हुनुभएको छ । प्रेसरको समस्याले सिकिस्त भएपछि नेतृ राई उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एन्ड एलाइट साइन्स बाँसबारी, काठमाडौंमा भर्ना हुनुभएको हो ।
नेतृ राईको आइसियूमा राखेर उपचार भइरहेको छ । ‘चक्कर लाग्यो’ भन्दै ढल्नु भएकी नेतृ राईको स्वास्थ्य अवस्था स्थिर रहेको भाइ आशीष राईले बताउनु भयो । १२ कात्तिकमा प्रेसरले ढलेपछि राईलाई रातारात गंगालाल, हेल्पिङ हुँदै न्युरो अस्पताल पुर्याइएको हो ।













प्रतिक्रिया दिनुहोस्