जनता टाइम्स

१६ कार्तिक २०७८, मंगलवार १५:५५

मुख्यमन्त्रीको शपथलगत्तै प्रदेश १ मा ६ सदस्यीय मन्त्रिपरिषद् गठन


विराटनगर, कात्तिक १६ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।

नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बन्नुभएको छ ।