जनता टाइम्स

१६ कार्तिक २०७८, मंगलवार २०:५३

यी हुन एमाले धनगढीका एमाले हाँक्ने नेतृत्व


कैलाली, कात्तिक १६ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको अध्यक्षमा रामचन्द्र जोशी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न नगर कमिटीको प्रथम अधिवेशनबाट जोशीको अध्यक्षतामा ८५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको नेकपा एमालेले जनाएको छ ।

यस्तै नगर कमिटीको उपाध्यक्षमा जगदीश चौधरी, सचिवमा प्रेम महरा, उपसचिवमा झुम अधिकारी र दिप्ती शाही सर्वसम्मत चयन हुनुभएको छ । जोशीले २०५४ सालदेखि अनेरास्ववियुबाट नेकपा एमालेको विद्यार्थी राजजीति शुरु गर्नुभएको थियो । २०५७ सालमा बाजुराको बाह्रविस गाउँ कमिटी उपाध्यक्ष हुनुभएका जोशीले इलाका कमिटि उपाध्यक्ष भएर काम गरिसक्नुभएका छन् ।

२०७२ सालमा धनगढी बसाइँ सराइँ गरेर आउनुभएपछि दुई कार्यकाल सचिवालय सदस्य र एक कार्यकाल नगर कमिटी सदस्य र एक कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभव छ ।