जनता टाइम्स

१८ कार्तिक २०७८, बिहीबार १४:००

बसपार्कमा अलपत्र यात्रु, घर पुग्न सास्ती


दाङ, १८ कात्तिक । दाङबाट तिहारका लागि पहाडी जिल्लाहरूमा जाने यात्रुहरूलाई सास्ती हुन थालेको छ । तिहार सुरु भएसँगै तिहार मनाउन गाउँ जानेहरूले बसपार्कमा सास्ती पाउन सुरु भएको हो । पहाडी जिल्ला सल्यान, रुकुम, जाजरकोट, रोल्पा, प्युठान जाने यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् । सहज रूपमा बसको टिकट नपाउँदा र सीमित मात्र बसहरू पहाडी जिल्लामा जाने भएकाले यात्रुहरूले पर्वको समयमा सास्ती बढेको हो । तिहार घर जानेहरूको अहिले बसपार्कमा घुइँचो बढन थालेको छ ।

तिहारको पहिलो दोस्रो दिन दाङबाट बाहिर जानेहरूको सख्या अत्यधिक रूपमा बढेको छ । दैनिक आठरदशवटा बस सञ्चालन हुने सल्यान रुकुम, रोल्पाका सडकमा अहिले ५०र६०वटा बसहरू नियमित रूपमा सञ्चालन हुँदा पनि सहज रूपमा यात्रुहरूले यात्रा गर्न नपाएको गुनासो गरेका छन् । दाङको तुलसीपुर बसपार्कका अहिले जिल्ला छोड्नेहरूको भिड छ ।

दैनिक हजारौँको सख्यामा मानिसहरूले जिल्ला छोड्ने गरेको यातायाता व्यवसायीहरूले बताउँछन् । याुत्रहरूको चाप अत्यधिक छ, यातायता कर्मचारी दीपक खडकाले भन्नुभयो, ‘हामीले टिकट दिनै नसक्ने अवस्थामा रहेको छ ।’ नियमित रुपमा पठाउनेभन्दा तीन गुणा बढी बसहरू सञ्चालन गर्दा पनि यात्रुको चाप नघटेको समितिका कर्मचारीहरुको भनाइ छ । नजिककाले त बसमा बस्न समेत नपाउने अबस्था रहेको र जिल्ला बाहिर जानेहरु बसमा उभिएर समेत जाने अवस्था रहेको उहाँको भनाई छ । उहाँले दशैको भनदा तीन गुण बढी यात्रु अहिले आएको बताउनुभयो ।

बसपार्कमा गाडी नपाएर अलपत्र भएका यात्रुहरूले भने तिहारमा घर जाननै समस्या भएको बताउनुभयो । दुई वर्ष देखि घर जान नपाएको यसवर्ष घर जाम भनेको बस नै नपाईने भयो तुलसीपुर बस पार्ककामा भेटिएकी कल्पना विसीले भनिन् गत वर्षसम्म कोरोना थियो, यो वर्ष बस नपाइने डर भयो ।

उहाँले दिनभर बसपार्कमा बस्दासमेत टिकट नपाएको र घर कसरी जाने भन्ने चिन्ता बढेको बताउनुभयो । सल्यान घर जान लागेका प्रकाश अधिकारीले यात्रुको चाप धेरै हुँदा बसको टिकट नपाइको र बस पार्कमा बसिरहेको बताउनुभयो । धेरै वटा बसमा टिकटका लागि प्रयास गर्दा पनि नपाइएको गुनासो गर्नुभयो । सात महिनापछि भारतबाट सल्यान घर जान लागेका सल्यान दार्माका विकास थापाले दिन भरी बस पार्कमा बस्दा पनि घर जाने टुङगो नलागेको बताउनुभयो ।

उहाँले भाइटीकासम्ममा जसरी पनि जान सकिन्छ की भन्ने लागको बताउनुभयो । यात्रुहरूको सहजताका लागि प्रशासन कार्यालयले सहजीकरण गरिरहेको इलाका प्रशासन कार्यालय तुलसीपुरमा प्रमुख उपसचिव यज्ञबहादुर बुढाले बताउनुभयो । उहाँले यात्रुको सहजता र बसको व्यवस्थापनका लागि यातायाता व्यवसायी सग छलफल गर्ने र सहज बनाउने बताउनुभयो । उहाँले यात्रुको सहयोगका लागि जिल्लाका विभिन्न स्थानहरुका यात्रु सहायता कक्ष समेत राखेको बताउनुभयो ।