जनता टाइम्स

१८ कार्तिक २०७८, बिहीबार १५:५६

माधव समुहप्रति योगेश आक्रामक, दिए कडा चेतावनी


काठमाडौं, कात्तिक १८ । एमाले सचिव योगेश भट्टराईले माधवकुमार नेपाल समुहलाई कडा चेतावनी दिनुभएको छ । माधवको पार्टी अबैध गर्भधारणबाट जन्मिएकोले एमालेले नचिन्ने बताएपछि सामाजिक सञ्जालमा अन्टसन्ट प्रतिक्रिया दिन थालेपछि भट्टराईले कडा प्रतिक्रिया जनाउनु भएको हो ।

महाधिवेशन लक्षित प्रचार विभागको पहिलो पत्रकार सम्मेलनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी अबैध गर्भाधानबाट जन्मिएकोले एमालेको निमन्त्रणा पाउन अयोग्य रहेको भट्टराईको भनाइमा व्यापक प्रतिक्रियाहरू आएपछि उहाँले ट्वीटर मार्फत थप कडा प्रतिक्रिया दिनुभएको हो ।

‘घुँडामुनी हानेको त टाउको मै लागेछ कि के हो ? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !,’ भट्टराईले भन्नुभएको छ । उहाँको यो भनाईले माधव समुहले नयाँ पार्टी जन्माउन गरेको सवै हर्कतबारे आफू जानकार रहेको र समय आएपछि सवै खोल्ने चेतावनी पनि लुकेको छ ।