जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १६:५८

‘विद्रोही न्यायाधीश’ समूहनै बिभाजित, पाँच न्यायाधीशले बहिष्कार गरे बारसँगको छलफल


काठमाडौं, कात्तिक २९ । इजलासमा मुद्दा नहेरेर आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् ।

छलफलमा सहभागिता जनाउन अस्वीकार गर्नेमा न्यायाधीशहरुमा कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहनुभएको छ । बार उपाध्यक्ष रक्षा बस्यालले ११ जना न्यायाधीशसँग भएको छलफल निष्कर्षमा पुग्न नसकेको बताउनु भयो । भोलि पुनः छलफल गर्ने समझदारी भएको उहाँले जानकारी दिनुभयो ।

न्यायालय शुद्धीकरणका लागि बार चार सातादेखि आन्दोलनमा छ । न्यायाधीशहरु पनि मुद्दा नहेरेर असहयोग आन्दोलनमा छन् । आन्दोलनमा रहेको बार र न्यायाधीशबीच सोमबारदेखि छलफल प्रारम्भ भएको हो । सोमबार नै प्रधानन्यायाधीश जबराले विधिसम्मत वार्तामा आउन आह्वान गरेका छन् ।