काठमाडौं, मंसिर १ । एमाले महासचिव ईश्वर पोखरेलले १०औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल नबनाउने र सूची पनि नबाँड्ने प्रष्ट पार्नुभएको छ । महाधिवेशनमा जनपरिचालनबारे बुधबार वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले सहमतिमै नेतृत्व चयन हुने बताउनुभएको हो ।
‘हाम्रोमा प्यानल बन्दैन, प्यानलको सूची बाँड्दैनौं । हामीलाई व्यक्तिगत रूपमा साथीहरूले मत दिनुहुन्छ,’ महासचिव पोखरेलले भन्नुभयो । पोखरेलले देशको राजनीति अहिले दुई ध्रुवमा ध्रुवीकृत भएको भन्दै एउटा ध्रुवको नेतृत्व केपी ओलीले गरेको बताउनुभयो । अर्को ध्रुवको नेतृत्व सत्ता गठबन्धनले गरेको भन्दै उहाँले उक्त गठबन्धन विचार र सिद्धान्तहीन भएको पनि उहाँले ठोकुवा गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्