माधव नेपाललाई गिरिजाप्रसाद कोइरालाले तरुण दलको अध्यक्ष जत्तिकै आफ्नो वफदार कार्यकर्ता ठान्ने गर्दथे । झलनाथलाई प्रचण्डले वाईसीएलको अध्यक्ष जत्तिकै ठानेर एमालेका विरुद्ध रणनीतिक दासका रुपमा उपयोग गर्थे । लंका युद्ध राम र रावणका बीचको थियो तर मारिनुपर्ने बाँनर सेनाले हुन्थ्यो । उखु खाने कोइराला र प्रचण्ड हुन्थे तर एमालेजनका गाला ताछिने गर्थे । कोइराला र प्रचण्ड खेलाडी हुन्थे तर भकुण्डो बन्नुपर्ने नियतिले एमालेलाई घेथ्र्यो । कांग्रेसको रखैल हुन्छ वा माओवादीको चखैल हुन्छ भन्ने दोहोरा सन्देहका घेरामा रहेको एमालेलाई पुनर्जागरण, पुनरोदय र जोरीपारीले समेत ईश्र्या गर्ने गरी स्वाभिमानको मेरुदण्डमा उभ्यााउने एमालेको वर्तमान केन्द्रीय कमिटी हो ।
दयालबहादुर शाही
आधुनिक नेपालको मियोको रुपमा रहेको राजनीतिक शक्ति नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) आफ्नो ऐतिहासिक दशौं महाधिवेशनको पूर्वसंघारमा छ । नवौं महाधिवेशनबाट निर्वाचित भएलगत्तै २०७१ साल श्रावण १ गतेबाट कार्यभार समाले यताका सात वर्षमा एमालेको वर्तमान केन्द्रीय कमिटीले ओझपूर्ण र गौरवशाली इतिहास रचेको छ । एमालेका लागि वितेका यी सात वर्ष आँधीमय रहे र उपलब्धिपूर्ण बने । ती मध्ये केही महत्वपूर्ण उपलब्धिहरु यसप्रकार छन् :
फर्किएको लय
जननेता मदन भण्डारीको पालामा एमाले राम्रो लयमा थियो । माधव र झलनाथको पालामा एमालेले लय गुमाएको थियो । यस अवधिमा एमाले फेरि आफ्नो पुरानै राम्रो लयमा फर्किएको छ । विशेष गरी मदनकालीन एमालेको विचार प्रधान, जनता केन्द्रीत र जनमुखी राजनीतिको लिगमा उभिएको छ । नबौं महाधिवेशनसम्म पनि «माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमका निजी महत्वाकांक्षाहरुको कष्टसाध्य बोझले थलिएर कांग्रेस र माओवादी पछिको सहयोगी शक्तिका रुपमा थन्किने खतराको कालो बादल एमालेमाथि मडारिदै थियो । असक्षम, अदूरदर्शी र असहिष्णु नेतात्रय नेपाल, खनाल र गौतमका कारण २०५१ नसालदेखि २०७१ सालसम्मका एमालेका दुई दशक बर्बादीमा बितेका थिए । बनमा काग र घरमा बाघ हुने माधव र झलनाथका कारण एमाले स्वत्व गुमाउँदै थियो । घरभित्र लोभी र घर बाहिर दब्बु नेतृत्वका कारण बीचमा एमालेको चामल नबिक्ने र कांग्रेस–माओवादीका कनिका बिक्ने स्थिति आयो ।
मदन र मनमोहन नरहेपछि एमाले रानो नरहेको माहुरीका बथानको हालत पुगेको आँकलन गर्दै जोरीपारीले एमालेलाई हेप्ने र चेप्ने गरेका थिए । माधव नेपाल र झलनाथ खनालको नेतृत्वमा रहँदा एमालेको हालत विरोधी टिमबाट गोलको वर्षा खाएर मात्र नपुगेर आत्मघाती गोल खाने हरितन्नम फुटबल टिमको जस्तो थियो । संकट परेको बेला एमालेमाताको काखमा असल सन्तानको अभाव नपर्ने गरेको अर्को सिलसिला पनि कायमै थियो । नवौं महाधिवेशनले राजनेता केपी शर्मा ओलीलाई अध्यक्ष चयन गर्ने सही निर्णयको जादु के देखाएको थियो, एमालेको पोल्टामा सफलता, विजयश्री, शान, मान र नयाँ पहिचान जस्ता सौभाग्यहरुको बहार आयो । प्रचण्डको अहंकार र उन्मादले एमालेलाई राजनेता केपी ओली चिन्ने एकपछि अर्काे गरी सुन्दर अवसरहरु जुराएकै थियो । मातृभूमि नेपालका लागि चाहिएको दह्रो, शूरो, तेजकरार र देवगुणी राजनेताका रुपमा केपी ओलीलाई एमालेले उभ्याउन सक्यो । पतन हुन थालेको एमालेको पोल्टामा पुनरोदयको सौभाग्य थमाउने कामको श्रेय राजनेता केपी शर्मा ओलीलाई जान्छ ।
यो दशकमा एमालेको वैचारिक, राजनीतिक, पहिचान र स्वाभिमान सबै पाटोको जीर्णोद्धार भएको छ । दुर्घर्षवीर महारथिलाई पनि सक्षम र साहसी सारथीको खाँचो पर्छ । यस अवधिमा थुप्रै एमाले महारथिहरुले निजी आकांक्षा र लाभलाई तिलाञ्जली दिएर ओली र ओली लहरको रक्षा खातिर पौरख र प्रखरता देखाएका छन् । जहाजको लागि उडान जत्तिकै अवतरणका लागि धावनमार्ग अपरिहार्य हुन्छ । संकटग्रस्त मातृभूमि नेपालको शान र सौभाग्य फर्काउने महाअभियानमा तल्लिन ओलीको लागि सुरक्षित अवतरणको धावन मार्ग बन्न एमालेको वर्तमान केन्द्रीय कमिटीले सुझबुझपूर्णढंगले खुल्ला ह्रदय दियो । महानायकका निम्ति दिलको गलैचा बिछाउने सहायकहरुको कदर इतिहासले गर्छ । ओलीको नेतृत्वमा देश गुमेको भूमि लिम्पियाधुरा पाएर छाड्ने राष्ट्रिय अठोटमा थियो । यस्तो बेला प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुलाई गद्दारीको हावाले उडायो तर एमालेको केन्द्रीय कमिटीका हस्तीहरु सतिसाल झै अटल रहे । यसका लागि यि सबै सत्पात्रहरुप्रति इतिहास जनम जनमसम्म ऋणि रहने छ ।
जनताको युग
दुई दुई वटा संविधान सभा असफल भएर देश असफल राष्ट्र हुने खतरा बढेको बेला ओली नेतृत्वको वर्तमान केन्द्रीय कमिटीले राजनीतिक रंगमञ्चमा तहल्का चुट्न सुरु गरेको थियो । नेपाल राष्ट्रले लिने दूरगामी महत्वको राष्टिय निर्णयमा विगतमा दरबार वा दिल्ली मध्ये सकभर दुबै शक्ति त्यो नभए एक शक्तिको प्रत्येक्ष वा परोक्ष अग्रसरता रहने गर्दथ्यो । नेपालको संविधान २०७२ को घोषणा एक यस्तो युगान्तकारी घटना हो, जहाँ यी दुई परम्परागत शक्ति नेपालको भूमिबाट एकैसाथ भूमिकाहीन बनेर एकादेशका कथा बन्न पुगेका छन् ।
वास्तवमा वर्तमान संविधानको घोषणा जनताको युगको आगमनको पहिलो चिनारी थियो । दिल्लीको आपत्ति संविधानका कुनै प्रावधानमा कम थियो, आपत्ति बढी थियो, आफ्नो निरन्तरको हस्तक्षेपकारी भूमिका र रजगजमा लागेको पूर्णविरामप्रति ।« दिल्लीले नेपालमा जनताको युग आएकोमा चित्त दुखायो, ओठतालु सुकायो, धारेहात लगायो र विश्वभरि लबिंगमा उत्रियो । नेपालबाट भारतीय रजगजको जरो उखेलिन संभव छ भन्ने सन्देश दिने यस ऐतिहासिक घटनाको महानायक को थियो भन्ने बारेमा केही समय बिवाद पनि चल्यो । रेलको ईञ्जिनवाला डिब्बा र पछि लतारिने डिब्बा हेर्दा उस्तै उस्तै हुने गर्दछन् तर सारमा अन्तर हुन्छ । नेपालमा जनताको युग आउनमा र भारतीय हस्तक्षेप गोलखाँडी हुनमा ओली भारी परेको भारतीय रणनीतिकारहरुको साझा निष्कर्ष छ । सुशील कोइराला, पुष्पकमल दाहाल र माधव नेपालका कारण यो ऐतिहासिक घटना संभव भएको थियो भनेर विषयान्तर गर्ने प्रयास हुने गर्छन् । यसो हुँदो हो त नेपालको पहिलो संविधान सभा असफल हुने नै थिएन । यसरी दरबार र दिल्ली मध्ये एक दाहिने नभई नेपालमा कोही पनि सत्तामा पुग्दैन र टिक्दैन भन्ने बाक्लै भ्रम र अन्धविश्वासलाई तोडेर नेपालमा जनताको राजको अखण्डज्योति एमालेले बाल्न सक्यो ।
नेपाल भारतीय उत्पादनहरुको आकर्षक बजार हो । पारवहन सुविधा र सन्धी नेपालको मागको लागि मात्र होइन, भारतीय उत्पादनहरुको खपतका लागि पनि हो । नाकाबन्दीको कार्ड फालेर नेपालका शासकहरुको नौनाडी गलाउन पल्केको भारतलाई उल्टै दह्रो जवाफ दिएर जनता युगमा जनताको राजले आफ्«नो उपस्थिति र सर्वोच्चताको सन्देश प्रबाह गरेको छ । नेपालमाथि लादेका हरेक नाकाबन्दीसँगै नेपालमा सरकार विस्थापन हुने प्रचलन थियो । नयाँ बनेको सरकारले भारतको चरनदास बनेर नाकाबन्दी हटाउने गर्दथे । यसरी हरेक नाकाबन्दीसँगै नेपालको राष्ट्रिय स्वाभिमान घायल हुने गथ्र्याे । ओलीको नेतृत्वकालमा लादिएको नाकाबन्दीमा भने भारतीय हैकमवाद नै घायल हुन पुग्यो ।
यसरी नेपालमा जनताको युग ल्याउनुको श्रेय एमालेको वर्तमान केन्द्रीय कमिटीलाई जान्छ । अरुको लाख, आमाको काख । जनताको धापलाई निर्णयक बनाउने एमालेको सत्प्रयास र दिल्लीको आशिर्वाद बिना डेग चल्न सकिन्न ठान्ने सत्तारुढ गठबन्धनको परजीविपन बीचको टकराबका कारणले नेपालमा निर्णायक र सर्वोपरी हुँदै गएको जनता युग जस्तो उपलब्धिलाई ओझेलमा पारिदै छ । जनताको सर्वाेच्चता साँचो अर्थमा स्थापित हुनमा एमालेको नेतृत्वदायी भूमिका रहेको छ ।
जबजको सर्वस्वीकार्यता
जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर जननेता मदन भण्डारीले संकटापन्न माक्र्सवादको जीर्णाेद्धार गर्नुभएको थियो । माधव नेपाल जस्तो जबजको मन्दविरोधी र झलनाथ खनाल जस्तो जबजको उग्रविरोधी नेता पार्टी प्रमुख भएपछि जबजले स्वभाविक ढंगले झाँगिन, फैलिन र सम्पूर्ण निखारमा आउन पाएको थिएन । ओली एमालेको अध्यक्ष भए यता बैचारिक नेताको पोषण पाएर जबज शत्रुशून्य भएको छ । बाघ भएर वन बलियो र वन भएर बाघ बलियो भनेझै जबजले ओली सबल बनाएको छ भने ओलीबाट जबज सुदृढ र सुरक्षित बन्दा जोरीपारलाई जलन भएको छ । अब एमालेमा कसैले पनि जबजविरुद्ध तिता, पिरा अपच र झुसिला डकार छाड्ने छैनन् ।
दलाल पूँजीवाद, बदलिदो स्वरुपको साम्राज्यवाद, सक्रिय अवस्थाको होस् वा अवशेष मात्रको सामन्तवाद अझ भनौ कुनै पनि चरणको पछौटे अवस्थामा रहेको समाजमा गरिने क्रान्तिको सही कार्यक्रम, रणनीति र कार्यनीति जबजमा मात्र मौजुद छ । संसारका प्रायः कम्युनिष्ट पार्टीहरु जनताबाट अलगथलग छन् । ओढारको हकदार उग्रवामपन्थीलाई राजकीय भण्डारको हकदार बन्ने कला सिकाउने सिद्धान्त जबज हो । जनताको समर्थन प्राप्त गरी सत्तामा पुग्ने आदत बसेको र सामथ्र्य भएको संसारको एक मात्र कम्युनिष्ट पार्टी एमाले हो । एमालेलाई जनताको दिलमा बास गराउने कला सिकाउने र मार्गदर्शन गर्ने सिद्धान्त जबज हो । जबजलाई शत्रुशुन्य गराउने गरी अनुकूल वातावरण सिर्जना गर्नु एमालेले वर्तमान केन्द्रीय कमिटीले गरेका कृतकार्यहरु मध्ये प्रमुख कृतकार्य हो ।
निरासहतास जोरीपारी
माधव नेपाललाई गिरिजाप्रसाद कोइरालाले तरुण दलको अध्यक्ष जत्तिकै आफ्नो वफदार कार्यकर्ता ठान्ने गर्दथे । झलनाथलाई प्रचण्डले वाईसीएलको अध्यक्ष जत्तिकै ठानेर एमालेका विरुद्ध रणनीतिक दासका रुपमा उपयोग गर्थे । लंका युद्ध राम र रावणका बीचको थियो तर मारिनुपर्ने बाँनर सेनाले हुन्थ्यो । उखु खाने कोइराला र प्रचण्ड हुन्थे तर एमालेजनका गाला ताछिने गर्थे । कोइराला र प्रचण्ड खेलाडी हुन्थे तर भकुण्डो बन्नुपर्ने नियतिले एमालेलाई घेथ्र्यो । कांग्रेसको रखैल हुन्छ वा माओवादीको चखैल हुन्छ भन्ने दोहोरा सन्देहका घेरामा रहेको एमालेलाई पुनर्जागरण, पुनरोदय र जोरीपारीले समेत ईश्र्या गर्ने गरी स्वाभिमानको मेरुदण्डमा उभ्याउने एमालेको वर्तमान केन्द्रीय कमिटी हो ।
अहिले एमालेका जोरीपारीहरु निरासहतास छन् । जनताको नजरमाा गिरेर नुन खाएको कुखुरा जस्ता छन् । जनता शक्ति र सर्वोच्चता चिन्ने उनीहरु न चेत छ न विवेक छ । यस्ता जनविरोधी छविका जोरीपारी एमालेको आगामी विजययात्राको लागि अनुकूलता हो । जनादेश होइन परमादेशमा निर्भर, जनताको भरोसा होइन प्रभुका लागि कम्फरटेबल हुन रुचाउने सत्ताारुढ गठबन्धनको विस्थापनका लागि उठेको ओली लहरले आगामी दिनमा देशको भाग्यरेखा कोर्ने छ र नेपाली राजनीतिका कसिंगरहरु बढार्ने छ ।
खेतमा जोत्दा नहिड्ने गोरुलाई पश्चिम नेपालमा थाक्कल भन्ने गरिन्छ । साँघुरो बाटोमा उभिने, आफु नहिड्ने र अरुलाई बाटो पनि नछोड्ने गरी थाक्कलसँग त्रिबैगुन हुने गर्छ । थाक्कलसँग शक्ति हुन्छ तर गति र सद्बुद्धि हुँदैन । एमालेभित्र माधव, झलनाथ र वामदेव थाक्कल थिए । वामपन्थी आन्दोलनका भित्रका कष्टसाध्य थाक्कलको नाम प्रचण्ड हो । गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नरहेपछि कांग्रेसले चेत गुमाइसकेको छ । देउबा–रामचन्द्रकालिन कांग्रेस राष्ट्रिय थाक्कल हो । यी सबै थाक्कलहरुलाई थान्को लगाउनु आजको राष्ट्रिय आवश्यक्ता हो । थाक्कलहरुलाई रिंग आउट गर्ने जनमत ओली युगको एमालेले पाएको महत्वपूर्ण प्राप्ती हो ।
युवापुस्ताको लागि जीवन गुरुको भूमिका
केही वर्ष अघि नेपालमा राजनीतिलाई अघिल्लो बेञ्चमा बस्ने विद्यार्थीका लागि अनावश्यक, वर्जित र अरुचिको विषय मान्ने गरिन्थ्यो । प्रचण्डको अधिनायकवादी दुस्वस्न खलबल्याउनमा, पृथकतावाद र जातीय विद्वेषका विषवृक्षका जरा उखेल्नमा जसरी एमालेले जनताको शक्तिलाई गोलबन्द गर्न सक्यो, यसले गर्दा युवापुस्ता देशप्रतिको दायित्व, जनताप्रतिको समर्पण, देशभक्तिको महत्व, जनताको एकता र जागरुकताले ल्याउने सहकाल र सहअस्तित्व जस्ता देश जोड्न आवश्यक तन्तुहरुको ज्ञानगंगामा डुबुल्की मार्न आकर्षित भएको छ । एक दशक अगाडि राजनीति फोहरी खेल हो भन्ने युवापुस्ताले नाकाबन्दीको आँधी सामना गरेर देखइदियो । राजनीतिमा युवापुस्ताको चासो, सहभागिता र आवाज आँधीको सामना गर्ने जंगलको आधा हिस्सा सरह हुने गर्दछ । देशभक्ति र राष्ट्रिय स्वाभिमान ओलीको निम्ति होइन हाम्रो भोलिको निम्ति भन्ने युवापुस्ताको उछाल र चेत मुलुको अस्मिता र लोकतन्त्रका लागि सह्राहनीय छ । ओली लहर अब कांग्रेस, माओवादी, राप्रपादेखि राजनीतिबाट पर रहेको परिवार परिवारमा पसेको छ । देश बनाउने र बचाउने कला सिकाउने जीवन गुरुका रुपमा ओलीप्रति नेपाली युवाहरुको असीम श्रद्धा र भरोसा छ । यसरी आजको दिनमा एमाले एक महानायकीय भूमिकामा त छ नै, युवा पुस्तालाई गृहनिर्माणको कला सिकाउने राजनेता उत्पादन गर्ने कारखाना बन्न पुगेको छ ।
विकास निर्माण र समृद्धि अभियान
केही वर्ष अघिसम्म नेपालमा विकास हात पुग्दैन लौरी छैन पहार्डमा सुन छको स्थितिमा थियो । बेथितिलाई भगवानको खेल भनेर पन्छिने बानी थियो । ओलीको नेतृत्वका दुबै सरकारले नेपालीको आँट, अठोट, ईच्छाशक्ति, योजना र सपनाको पुनरुद्धार गरेका छन् । ठेक्कामा गएको पैसा बैंकमा राखेर ब्याज पकाउने र शासक पार्टी र ठेकेदार मिलेर हजम पार्ने राष्ट्रिय ठगीको दुलो ओलीको शासनकालमा पत्तालागेको छ र टाल्दा टालिने रहेछ भन्ने सिद्द भएको छ । गएका तीन वर्ष विकास निर्माण युगको कोसेढुंगा साबित भए । अस्थिरताको धमिलोमा मन्त्री बनेर मालामालको माछा मार्ने जमना रहेन अब । निर्लोभी, प्रष्टवक्ता, ईच्छाशक्ति भएको प्रधानमन्त्रीले मात्र देशलाई विकास निर्माणको, सुख र समृद्धिको, समानता र सामाजिक न्यायको लय र गति प्रदान गर्छ भन्ने दृष्टान्त एमालेको सरकार पेस गर्न सकेको छ ।
यसरी जीवनरक्षाको संकटको चरण भएर गुज्रिरहेको एमालेलाई जोरीपारीको ओठताालु सुकाउने देखि जनताको मान, सम्मान, विश्वास र आशिवाद बटुल्दै देशको मियोका रुपमा स्थापित गराउन सकेकाले एमालेको वतमान केन्द्रीय कमिटीको कार्यकाल शतप्रतिशत सफल सिद्द भएको छ । सत्तास्वार्थका लागि, निजी हितका खातिर अनाहकमा अठार हजार सहदेशवासीको ज्यान लिने, चरम असहिष्णु र रक्तभोगी हुन रुचाउने, दुर्वाशाझै रिसाउँदै हिड्ने देउबा र दाहाल आज दुदेभाइ सरह मिल्न बाध्य हुनु र देशले स्थायी शान्तिको लामो सास आरामले फेर्नु ओली नेतृत्वको एमालेको प्रमुख देन र सफलता हो । यो केन्द्रीय कमिटीले बसालेको असल परम्परा र आशावादिताको जगमा उठाएर धुरी ध्वजा फहराउन सक्ने असल र योग्य नेताहरुको टिम छान्न सक्नु दशौं महाधिवेशनको प्रमुख कार्यभार हो ।













प्रतिक्रिया दिनुहोस्