जनता टाइम्स

१० मंसिर २०७८, शुक्रबार १०:०८

दूई घण्टा अगावै भरिन थाल्यो एमाले महाधिवेशन उदघाटन स्थल नारायणी किनार (भिडियोसहित)


चितवन, मंसिर १० । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उदघाटन स्थल नारायणी किना कार्यक्रम सुरु हुनु भन्दा दुई घण्टा अगावै भरिएको छ । मुख्य जुलुस नआउँदै देशभरबाट आएका एमाले नेता कार्यकर्ता र सुभेच्छुक समर्थकहरु नारायणी किनार पुगेको हुन ।
महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

उद्घाटनसत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नहुने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरिएपनि उहाँनै आउने वा अन्य नेता आउने एकिन भइसकेको छैन ।

उद्घाटनसत्र छोटो–मिठो बनाउने योजना बनेको छ । बाहिरी जिल्लाबाट आएकाहरुसहितको मुल जुलस विहान ११ बजेदेखि निस्कने छ । पोखरा, काठमाडौंबाट आएका कार्यकर्ता सहभागी भएको जुलुस आँपटारीबाट निस्कने छ । यसको नेतृत्व रावल आफैं तथा कृष्णभक्त पोखरेल लगायतले गर्नुहुनेछ । पूर्वीनेपालबाट आउनेहरुको केन्द्रीय बस ट्रमिनलबाट जुलुस निस्कने छ । जस्को नेतृत्व काशिनाथ अधिकारी, विजय सुवेदी, जगन्नाथ थपलिया लगायतले गर्नुहुनेछ ।

हेर्नास भिडियो