काठमाडौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पूर्व लडाकूहरू नेकपा एमालेमा प्रवेश गर्न लागेको बताउनुभयो । महाधिवेशन उद्घाटन समारोहमा उहाँले महाधिवेशनलगत्तै पूर्व लडाकूहरू सामुहिक रुपमा प्रवेश गर्न लागेको बताउनुभयो ।उहाँले माओवादी पार्टीका लागि जीवन नै होम्ने तर लक्ष्य प्राप्तिपछि आफ्ना नातागोतालाई मेयर, मन्त्री बनाउने पार्टीमा अब उनीहरू बसिनराख्ने बताउनुभयो । ‘सरकार आफ्नो कठपुतली रहेको र औँलामा नचाइदिने बताउनेले लडाकुको समस्या समाधान किन गर्न नसकेको,’ प्रश्न गर्दै ओलीले भन्नुभयो , ’अब लडाकुको साथी एमाले बन्नेछ ।’जनयुद्ध लडेका योद्धाहरूले अवसर नपाएर प्रचण्डले छोरीलाई मेयर बनाएको भन्दै उहाँले कटाक्ष पनि गर्नुभयो । ‘जनयुद्ध लडेकाहरूले अवसर पाएनन् । मेयर र मन्त्री कसलाई बनाइयो देखिहाल्नुभयो,’ उहाँले भन्नुभयो।
महाधिवेशनपछि माओवादी पूर्व लडाकू एमालेमा प्रवेश गर्दैछन्ः अध्यक्ष ओली













प्रतिक्रिया दिनुहोस्