चितवन, ११ मंसिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गर्नुभएको छ । अध्यक्ष ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गर्नुभएको ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएको सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिनुभएको हो ।
अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने आश्वासन दिनुभएको छ । स्रोतका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाइनुभएको ओलीले यसपटक सहयोग गर्न आग्रह गर्नुभएको हो । आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उहाँ निकट नेताहरू बताउँछन् । केपी ओली बन्द सत्रस्थलतर्फ केहीबेरअघि प्रवेश गरिसक्नुभएको छ । प्रवेश गर्ने क्रममा भने उहाँले केही प्रतिक्रिया दिनुभएको छैन ।













प्रतिक्रिया दिनुहोस्