जनता टाइम्स

१२ मंसिर २०७८, आईतवार १७:०२

भीम रावल र सुवास नेम्वाङ एमाले अध्यक्ष ओलीसँगै, यस्तो छ तयारी


काठमाडौं, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता हुने भएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहेका बेला अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच भेटवार्ता हुने भएको हो । ओलीलाई भेट्न रावल र नेता सुवास नेम्वाङ होटल जाँदै हुनुहुन्छ । सर्वसम्मत नेतृत्व चयनमा असन्तुष्टी जनाउनुभएको रावल र ओलीबीचको भेट यसअघि हुन सकेको थिएन ।

सहमतिअनुसार नै नेतृत्व चयन गर्ने तयारी गरिरहनुभएको ओलीसँग रावलले निर्वाचन हुनुपर्ने अडान लिइरहनुभएको छ । दुवै नेताको भेटपछि फाइनल सुची प्रकाशित गरिने एक नेताले बताउनुभयो । नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची नेता विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसक्नुभएको छ ।

सौराहास्थित पार्क सफारी होटलमा बस्नुभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको सूची तयार पार्नुभएको थियो । ३०१ सदस्यीय केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुल्न बाँकी नै छ । अब यो सूची अध्यक्षका तर्फबाट बन्दसत्रमा प्रस्तुत गरिने तयारी रहेको छ ।