जनता टाइम्स

१२ मंसिर २०७८, आईतवार १८:४४

कांग्रेसको ४५ जिल्लाको नतिजा आउँदा देउवा पक्ष अगाडि (सूचीसहित)


काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ४५ जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष अडाडि देखिएको छ । जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रममा अहिलेसम्म ४५ जिल्लाको नेतृत्व चयन भएको छ । जसमध्ये संस्थापन अर्थात सभापति देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले नेतृत्व गरेको संस्थापनइतर समूहले २० जिल्लामा सभापति जितेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

यस्तो छ सूची

शेरबहादुर देउवा पक्ष

१. शंकर गुरुङ – मनाङ

२. खडक बोहरा – बझाङ

३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

४. मोहनविक्रम सिंह – हुम्ला

५. कान्छाराम तामाङ – रामेछाप

६. ऐनबहादुर शाही – मुगु

७. खमबीर गर्बुजा – म्याग्दी

८. केशबहादुर विष्ट – सल्यान

९. रुपनारायण जबेगु – पाँचथर

१०. नरेन्द्रबहादुर सिंह – डोटी

११. दीपेन्द्रबहादुर शाही – डोल्पा

१२. कर्णबहादुर शाही – जुम्ला

१३. तेजेन्द्र खनाल- ओखलढुंगा

१४. डा.टकराज गुरुङ – लमजुङ

१५. भीमबहादुर साउद – डडेल्धुरा

१६. रामकृष्ण खाँण – रुपन्देही

१७. युवराज जोशी – पर्वत

१८. डम्बर खड्का – इलाम

१९. किशोरदत्त बराल – कास्की

२०. तीर्थ लामा – काभ्रे

२१. जितेन्द्र श्रेष्ठ – ललितपुर

२२. पदम बोगटी – कञ्चनपुर

रामचन्द्र-शशांक पक्ष

१. रोमी गौचन थकाली – मुस्ताङ

२. केशरमान रोका – रुकुमपूर्व

३. दीपक खड्का- संखुवासभा

४.नन्दप्रसाद न्यौपाने – गोरखा

५. विष्णु राई – खोटाङ

६.हिमालदत्त श्रेष्ठ -पाल्पा

७. राजु थापा – स्याङ्जा

८. किशोर आचार्य – रोल्पा

९. विष्णुकुमार गिरी – प्यूठान

१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

११. विनोद बान्तवा – भोजपुर

१२. केशव श्रेष्ठ – अर्घाखाँची

१३. चतुरबहादुर चन्द – बैतडी

१४. बर्मा लामा – दोलखा

१५. अम्मबहादुर शाही – कालीकोट

१६. रामसिंह रावल – बाजुरा

१७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

१८. मणिराम रेग्मी – दैलेख

१९. शंकरप्रसाद डाँगी – दाङ

२०. रमेश महत – नुवाकोट

कृष्ण सिटौला पक्ष
१. देउमान थेवे – झापा

तटस्थ

१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

२. वेदराज सिंह – जाजरकोट