खोटाङ, २६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले खोटाङमा वैकल्पिक शिक्षाको अभ्यास गरिरहेको शुभद्रा(मदन फाउन्डेसनको शैक्षिक क्रियाकलाप अवलोकन गरेका छन् । खोटाङ, सोलुखुम्बु र भोजपुरका जिल्ला कमिटी सदस्यलाई आन्तरिक प्रशिक्षण दिन खोटाङ आइपुगेका महासचिव विप्लवले शुभद्रा–मदन फाउन्डेसनमार्फत सञ्चालन भइरहेको शिक्षण सिकाइ क्रियाकलाप अवलोकन गर्नुभएको हो ।
विद्यार्थीलाई ‘गरिखान सिकाउने’ प्राक्टिकल शिक्षाको अभ्यास गराउँदै आएको फाउन्डेसनमा विप्लवले दुई दिन बिताएर आज फर्किनुभएको छ । उत्पादनसँग जोडेर जनवादी स्कुल चलाउने अवधारणासहित विप्लवले फाउन्डेसन अवलोकन गरेको कार्यकारी निर्देशक सूर्य राईले बताउनुभयो ।
‘जनवादी स्कुल चलाउने विषयमा प्रचण्ड र बाबुरामसँग उहाँको छलफल नै भएको रहेछ,’ कार्यकारी निर्देशक राईले भन्नुभयो, ‘शिक्षालाई उत्पादनसँग जोडेर केही गरौं भन्ने उहाँको सोच अहिले पनि रहेछ । सोही अनुसार उहाँले फाउन्डेसनको शैक्षिक मोडलको विषयमा अवलोकन गर्नुभएको छ ।’













प्रतिक्रिया दिनुहोस्