काठमाडौं, मंसिर २६ । नेकपा एमालेले दुई प्रभावशाली संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुको इन्चार्जमा सम्बन्धित संगठनका पूर्व अध्यक्षलाई जिम्मेवारी तोकेको छ ।
आज सम्पन्न केन्द्रीय कमिटी बैठकले युवा इन्चार्जमा महेश बस्नेत र विद्यार्थी इन्चार्जमा माधव ढुंगेललाई जिम्मेवारी दिएको हो । आगामी चुनावमा युवा र बिद्यार्थीलाई परिचालन गर्न जरुरी रहेको ठहरसहित सोही संगठनका पूर्वअध्यक्ष रहनुभएका बस्नेत र ढुंगेललाई इञ्चार्ज बनाइएको छ । बस्नेत यसअघि पनि युवा इन्चार्ज हुनुहुन्थ्यो भने ढुंगेलले इन्चार्जको जिम्मा पहिलोपटक पाउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्