काठमाडौं, मंसिर २८ । पत्रकारको परिचय दिए ठगी गर्दै आएकी एन्जीना कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो ।
सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत जनसेवा, काठमाडौंका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलबहादुर मल्लले जानकारी दिनुभयो । एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा र त्यसपछि हिमाललय टेलिभिजनमा काम गरेकी थिईन । अहिले भने भारतको जी टिभीमा नेपालबाट सम्वाददाताको रुपमा काम गर्दै आएकी थिइन् । उनले केही दिनअघि मात्रै जी टिभीबाट विश्राम लिएकी हुन् ।
कार्कीले पत्रकारिता पेशाको नाममा ठगी र ब्ल्याकमेलिङ गर्दै आएको पाइएको छ । उनको यस्तो ठगी धन्दामा उनीसहितको एक समूह रहेको प्रहरीले जनाएको छ । पक्रउपछि एन्जिना कार्कीलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । कार्कीका विरुद्ध मंसिर २१ गते १५ लाख ठगि गरेको भन्दै ज्ञानेन्द्र शर्माले उजुरी दर्ता गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्