काठमाडौं, २ पुस । नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टी प्रवेश अभियान चलाउने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै त्यसका लागि पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको बताइएको छ ।
१०औँ महाधिवेशनपछि लिइएका पार्टी प्रवेश अभियान र नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प्राप्त प्रार्टी बन्ने एमालेले दाबीसमेत गरेको छ ।
‘हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ,’ एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा लेखिएको छ ।
नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै एमालेले एउटा ध्रुवको नेतृत्व आफूहरुले र अर्को ध्रुवको नेतृत्व पाँच दलीय सत्ता गठबन्धनले गरेको जनाएको छ । सत्ता गठबन्धनको गतिविधिको सामना गर्ने र आफ्नो शक्तिलाई थप सुदृढ बनाउन सफल हुने एमालेले दाबीसमेत गरेको छ ।













प्रतिक्रिया दिनुहोस्