काठमाडौं, पुस ६ । १४ बर्षअघि काठमाडौंको महाराजगञ्ज नजिकैको एक बेश्यालयबाट रंगेहात पक्राउ परेका कृष्णा यादव प्रदेश नं २ को सभापतिका लागि सभापति शेरबहादुर देउवा समुहबाट उम्मेदवारी दिने तयारीमा लाग्नुभएको छ ।
२०६५ फागनु २० गते महाराजगञ्जस्थित कान्तिबाल अस्पताल पछाडि अवैध रुपमा संचालित बेश्यालयबाट रंगेहात पक्राउ परेको यादव नेपाली कांग्रेस रौतहटका सभापति हुनुहुनछ। सभापति देउवाको आशिर्वाद पाएपछि उहाँ अव प्रदेश २ कै सभापतिको उम्मेद्वार बन्न लाग्नुभएको हो । रौतहट क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुभएका यादव सहित ३३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
चारित्रिक हिसाबले बिबादास्पद यादवलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश नं २ को सभापतिमा उठाउने प्रयास गर्नुभएको हो । अर्कातिर, नेता विमलेन्द्र निधिको समर्थनमा प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई उम्मेदवार बन्नुभएको छ । सभापति देउवाले बिबादास्पद छवीका कृष्ण यादवलाई उम्मेदवार बनाउने प्रयास गरेपछि प्रदेश नं २ का देउवा समर्थकहरु समेत उहाँको बिरुद्ध लागेका छन्।
प्रदेश राजधानी जनकपुरधाममा यतिबेला चरित्रहीन कृष्णा यादब हराऔं भन्ने अभियान नै चलेको छ। चरित्रहीन व्यक्तिलाई उम्मेदवार बनाएमा आफूले समर्थन गर्न नसक्ने देउवा निकट रौतहट कांग्रेसका नेताहरुले बताएका छन्। स्मरणीय छ, पक्राउ गरेको २ दिनपछि नेपाली कांग्रेसका नेताहरुको दवावमा तात्कालीन गृहमन्त्री बामदेव गौतमको निर्देशनमा यादव छुटनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्