काठमाडौं, पस ९ । नेकपा (एमाले) ले दशौं महाधिवेशनका मुख्य बिशेषता, उपलब्धी र सन्देशलाइृ १० बुँदामा समेटदै कार्यकर्तामाझ पठाएको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकपछि पठाउनु भएको अन्तर पार्टी निर्देशन (अपानि)-१ मा महाधिवेशनका उपलब्धी र सन्देशलाइृ १० बुँदामा सुत्रवद्ध गरिएको छ । एमालेले दशौं राष्ट्रिय महाधिवेशनले आगामी निर्वाचनमा बहुमत प्राप्त पहिलो शक्ति बन्ने आधार प्रदान गरेको निश्कर्ष निकालेको छ ।
महाधिवेशनका मुख्य विशेषता, उपलब्धि र सन्देशहरू
(क) यस महाधिवेशनपश्चात् नेकपा (एमाले) देशको मुख्य तथा नेतृत्वदायी शक्ति हो भन्ने कुरा पुनर्पुष्टि भएकोछ । विधान महाधिवेशनलेपार्टीकोसङ्गठनात्मक संरचना र कार्यकर्ता पङ्क्तिमा विभाजनको असर नरहेको स्पष्ट गरेको थियो भने राष्ट्रिय महाधिवेशनले पार्टीको जनाधार अक्षुण्ण र सुदृढ रहेको पुष्टि गरेको छ । महाधिवेशनपश्चात् पार्टीपङ्क्तिको मनोबल दह्रो र उत्साह उच्च भएको छ ।
(ख) महाधिवेशनले पार्टीभित्रका विभिन्न मनोविज्ञानहरू (सुरुदेखि नै नेतृत्वको वरिपरि गोलबन्द, एकता र एकीकरणका क्रममा आबद्ध र दशबुँदे प्रस्तावपश्चात् क्रियाशील) लाई भावनात्मक रुपमा एकताबद्ध गर्दै पार्टीलाई थप सुदृढ बनाएको छ । पार्टी निर्माण, विस्तार, एकता र एकीकरण नैनेकपा (एमाले) कोसंस्कृति र परम्परा हो भन्ने पुनर्पुष्टि भएको छ । एकताको भावनालाई आम पार्टी पङ्क्तिले हार्दिकताका साथ आत्मसात गर्दछ भन्नेस्पष्ट भएको छ । एकताको निरन्तरताको बिरासतलाई महाधिवेशनले राम्रोसँग स्थापित गरेको छ ।
(ग) विधान महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्त– माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादका आधार तयार गर्ने कार्यक्रम र कार्यदिशा, विभिन्न विषयमा पार्टीका नीतिहरू एवं आगामी महाधिवेशनसम्मका लागि कार्यभार सम्बन्धमा स्पष्ट दिशानिर्देश गरेकोथियो। र, यसका लागि पार्टीको सङ्गठनात्मक सिद्धान्त र ढाँचा तय गरेको थियो । राष्ट्रिय महाधिवेशनले यी अभिभारा बहन गर्नसक्ने सक्षम नेतृत्व निर्माण गरेको छ ।
(घ) नेकपा (एमाले) संविधान र प्रचलित कानुनकोव्यवस्थाअनुरुप केन्द्रीय कमिटीमा न्यूनतम एक तिहाई महिलासहित समावेशी संरचना निर्माण गर्ने मुलुकको पहिलो पार्टी बनेको छ ।
(ङ) नीतिगत विषय होस्या नेतृत्व चयनको विषय, आमसहमति लोकतन्त्रको उच्चतम अभिव्यक्ति हो । सहमति हुन नसकेका विषयमा स्वस्थ एवं विधिसम्मत् अभ्यास र प्रतिस्पर्धा पनि लोकतान्त्रिक प्रक्रियाकैअङ्गहरू हुन् । हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा सहमति र प्रतिस्पर्धा दुवैविधिलाई सहज र स्वस्थ ढङ्गले अभ्यास गरेका छौं । सहमतिका नाममा लोकतान्त्रिक अभ्यास खुम्चिने या प्रतिस्पर्धाका नाममा समूहगत प्रतिस्पर्धा तथा भावनात्मक विभाजनकोरेखा कोरिनेजस्ता विकृतिहरूबाट पार्टीलाई मुक्त गरेका छौं । नीति र नेतृत्वका प्रश्नमा आमसहमतिले पार्टीको एकता तथा प्रभावकारितालाई सुदृढ बनाएको छ । पार्टीकोआन्तरिक एकतामा आँच पुग्छ कि भन्नेआशङ्काहरू दूर गर्दैमहाधिवेशनबाट पार्टी थप बलियो बनेर फर्केको छ ।
(च) नेकपा (एमाले) लेविचारमा जस्तैसङ्गठनात्मक प्रश्नमा पनि एक किसिमको‘ट्रेण्ड सेट’ गरेको छ । नीति निर्माण र नेतृत्व निर्माणका लागि अलग–अलग महाधिवेशनकोव्यवस्था, एकैदिन एकैसाथ स्थानीय तहका अधिवेशनहरूको आयोजना, आधुनिक प्रविधिको प्रयोगलगायत विषयमा नेकपा (एमाले) लेदृष्टान्त स्थापित गरेकोछ, जसलाई विभिन्न दलहरूले पछ्याइरहेका छन ।
(छ) महाधिवेशनमा प्रचार–प्रसारका लागि हामीले सामाजिक सञ्जाललगायतका नयाँ मिडिया, डिजिटल प्रविधि र पार्टी सञ्जालको प्रभावकारी उपयोग ग¥यौं । फलतः मूलधारका सञ्चारमाध्यममा न्यून पहुँचका बाबजुद हाम्रो प्रचार कार्य अत्यन्त प्रभावकारी, मितव्ययी र आकर्षक रह्यो। महाधिवेशनलेस्वदेशी र विदेशी सञ्चारमाध्यमहरूमा पर्याप्त कभरेज पायो। विभिन्न समुदायका सांस्कृतिक विविधता र विशेषताकोप्रदर्शन प्रभावकारी रह्यो ।
(ज) महाधिवेशनका लागि चन्दा सङ्कलन नगर्ने, आमपार्टी सदस्यहरूलाई एक सय रुपियाँ स्वेच्छिक सहयोगका लागि आह्वान गर्ने र खर्चका लागि पार्टीमाथि नै आधारित हुने नीति प्रभावकारी रह्यो। यस विधिमार्फत् महाधिवेशनका लागि भएको खर्चको उल्लेख्य हिस्सामा योगदान मात्र पुगेन, महाधिवेशनप्रति आम पार्टीपङ्क्तिको अपनत्व विकासमा पनि ठूलो सहयोग पुगेको छ । पार्टीको व्यवस्थापकीय क्षमता थप परिस्कृत र परिपक्व बनेको छ ।
(झ) महाधिवेशनले चितवनको पहिचानलाई प्रचार–प्रसार गर्न, त्यहाँको पर्यटकीय र व्यावसायिक गतिविधि एवं अर्थतन्त्रलाई चलायमान बनाउन तथा चितवनवासी जनसमुदायमा पार्टीलाई स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको छ । ठूला कार्यक्रमहरू आयोजना गर्ने स्थानीय व्यवसायीहरूको व्यवस्थापकीय क्षमता विकासमा पनि महाधिवेशनले सहयोग पुर्याएको छ । सँगसँगै महाधिवेशन प्रतिनिधिहरूका असल आचरण र शैलीले चितवनवासीमाझ गहिरो सकारात्मक छाप छाडेकोछ भने त्यहाँका व्यवसायीहरू र जनताको न्यानो आतिथ्य अविस्मरणीय रहेको छ ।
(ञ) विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनले पार्टीका सिद्धान्त, कार्यदिशा र नीतिलाई स्पष्ट, परिस्कृत र व्यवस्थित बनाएका छन्। नेतृत्वलाई सही ढङ्गलेस्थापित गरेका छन्। सही नीति र सक्षम नेतृत्वको मार्गदर्शनमा पार्टीले आगामी दिनमा राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी र नेतृत्वदायी भूमिका खेल्नेएवं आगामी निर्वाचनमा बहुमतप्राप्त पहिलो शक्तिका रुपमा स्थापित हुनेभरपर्दो आधार निर्माण भएको छ ।













प्रतिक्रिया दिनुहोस्