जुम्ला, ९ पुस । कार्यालय प्रमुख लामो समय बिदामा बसेपछि जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रको औषधि खरिदमा समस्या भएको छ । दशैंमा घर बिदामा गएका कार्यालय प्रमुख देवेन्द्र ठाकुर ४ पुस ४ कार्यालयमा फर्किनुभएको छ । तर, उहाँको लामो बिदा बसाइले केन्द्रले औषधिसमेत खरिद गर्न सकेको छैन ।
आफु बिरामी भएर घर बसेको र यसबीचमा निमित्तको जिम्मेवारी कर्मचारी गोरबहादर रावतलाई दिएको प्रमुख ठाकुरले बताउनुभयो । कर्मचारी गोरबहादुर रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको जिकीर गर्नुभएको छ । दैनिक १५ जनासम्म सेवाग्राही आउने केन्द्रमा औषधी अभाव भएको छ ।
















प्रतिक्रिया दिनुहोस्