काठमाडौं, पुस १८ । कर्णाली र वाग्मती प्रदेशका उपसभामुखहरू नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको सूचीमा परेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुवैको नाम केन्द्रीय सदस्यमा घोषणा गर्नुभयो ।
संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा गर्ने गरेका छन् । त्यो अभ्यासविपरीत कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती र वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ माओवादी केन्द्रीय सदस्य बनेका हुन् । घर्ती र तामाङ जनजाती महिला र जनजाती युवा कोटाबाट केन्द्रीय सदस्य बनेका हुन् ।
महाधिवेशनको बन्दसत्रमा दुवैको नामा छोटकरीमा वाचन गरिएको थियो । पी. घर्ती र आर. तामाङको नाम वाचन गरि नेता कार्यकतालाई झुक्याएका थिए प्रचण्डले । प्रचण्डले किन यस्तो गरिएको हो ? भनेर हलमा प्रश्न गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्