झापा , पुस २२ । झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । गएराति मेचीनगर नगरपालिका वडा नम्बर ७ पिपलचोकमा आगलागी हुँदा निभाउने क्रममा मेचीनगर–८ का ४५ वर्षका सारद राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय केशव पाठकको एक तले कच्चिघरमा आगलागी हुँदा ग्यास सिलिन्डर पड्किँदा अरु १२ जना घाइते भएका छन् । घाइते हुनेमा लेखनाथ तिमल्सिना, गोविन्दप्रसाद राजवंशी, दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानीशंकर न्यौपाने, हरि विक, निर्मल शर्मा र सुशीला अधिकारी रहेका छन् ।
घाइते ११ जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वसन्त पाठकले जानकारी दिनुभयो । सुशीला अधिकारी डिस्चार्ज हुनुभएको छ । आगो नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाले निभाएका छन् ।













प्रतिक्रिया दिनुहोस्