दाङ, पुस २४ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन हुनुभएको छ । शुक्रवारबाट सुरु भएको १३औं जिल्ला अधिबेशनबाट जिल्ला अध्यक्षमा बस्नेत सर्वसम्मत चयन हुनुभएको हो ।
अधिवेशनले उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ । यस्तै उपसचिवमा कृष्ण भुसाल र हिरा देवी पुन चयन हुनुभएको छ । दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला हो ।













प्रतिक्रिया दिनुहोस्